
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु शाह सांसद नरहेको जानकारी गराएको हो ।
राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।
माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र शाह शहरी विकास मन्त्री छन् । सत्तारुढ दल नेकपा विभाजित भएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छ ।

