भोलि संकटा र पाहुना टोली अफ्रिकन रुट्स उपाधीको लागि भिड्दै

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा जारी १९ औं संकरणको आहा ! रारा गोल्डकपको भोलि पोखरा रगंशालामा फाइनल खेल हुँदैछ । शनिवार दिनको २ बजे उपाधिकालागि संकटा क्लब र पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन भिड्दैछन् ।

पहिलो पटका सहभागिता जनाएको पाहुन टीम अफ्रिकन रुट्स उपाधि चुम्ने लक्ष्यमा रहेको शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा बताइएको छ भने पाँच पटकसम्म आहा ! रारा गोल्डकपमा सहभागी बनेका संकटा क्लव इतिहास रच्ने दाउमा रहको छ । पाँचपटक सहभागी भइसकेका संकट भने पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

अफ्रिकन रुट्सका कप्तान साल्भियोले पहिलो पटकको सहभागीता मै फाइनलमा पुगेको हुनाले खेलाडीहरुको हौसला उच्च रहेको बताउँदै उपाधि उचाल्ने यो अवसर नगुमाउने बताएको छ ।

यता संकटाका प्रशिक्षक सल्यान खड्गीले भने मैदानमा गएपछि थप रणनीतिका साथ अघि बढ्ने र उपाधी उचाल्ने बताए ।

यसअघि मनाङ मर्स्याङदीले ६ पटक, नेपाल पुलिसले क्याराभान गोल्ड कप सहित ६ पटक, सहाराले २ पटक र नेपाल आर्मीले १ पटक उपाधि जितेका छन् ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छ ।