
कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखराको मुख्य आर्थिक सहायता र बन्दिपुर गाउँपालिकाको समन्वयमा बन्दिपुर २ आर्थुम्का र थारुबासका ३ विपन्न तथा घरबास बिहिन परिवारको लागि भुकम्प प्रतिरोधी प्रविधिको घर बनाई हस्तान्तरण गरिएको छ ।

गत भाद्रबाट निर्माण शरु भई हालै निर्माण सम्पन्न भएको यस परियोजनाबाट बन्दिपुर–२ को कार्यालयको सिफारिसमा संस्थाबाट छनौट भएका अति विपन्न तथा वास्तविक घरवास बिहिन परिवारलाई उनीहरुको समेत श्रमदान र आर्थिक दायित्वमा संस्थाको लगानी थप गरि भुकम्प प्रतिरोधी प्रविधिको न्यूनतम मापदण्डमा बनाइएका घरहरु स्थानिय मनमाया भुजेल, मंगल वि.क. र दिपक वि.क. को परिवारलाई हस्तारणतरण गर्न पाउँदा सरकारको संवृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय नारामा टेवा पुगेको बन्दिपुर २ का वडा अध्यक्ष एंव परियोजना संयोजक कृष्ण प्रसाद लामिछानेले बताए ।
यस परियोजनामा कर्मफ्लाईटस् मार्फत नगद रु २ लाख ५० हजार र घरधनीको तर्फबाट नगद तथा श्रमदान रु १ लाख गरि जम्मा रु ३ लाख ५० हजारको लागतमा प्रति घर निर्माण सम्पन्न गरिएकोमा कम्तीमा १० जना दक्ष एव अर्धदक्ष कामदारले २ महिना सम्म रोजगारी पाएको बताइएको छ ।

घर प्राप्त गर्ने यि परिवारहरु कर्मफ्लाईटस् संस्थाले विगत आधा दशक देखि काम गरि रहेका २ वटा विद्यालयहरु क्रमशः श्री चामुण्डा आधारभुत विद्यालय र श्री भैरब आधारभुत विद्यालयको सेवा क्षेत्र भित्रका अभिभावकहरु विगत केहि वर्षदेखि पहाडकी रानी उपमा पाएको पर्यटकीय बन्दिपुर बजारको दक्षिणतिरको बेसीमा बसोबास गर्ने निम्न आय भएका र दलित समुदायका बालवालिका अध्ययन गर्ने २ वटा विद्यालयमा गुणस्तरीय शिक्षा तथा विद्यालय भौतिक पूर्वाधार निर्माण खानेपानी तथा सरसफाई, कक्षाकोठा व्यवस्थापन लगायतका काम गरि सहयोग गदै आइरहेको कुरा स्वागत मन्तव्य राख्दै श्री चामुण्डा आ.वि. का प्रधानाध्यापक श्री वद्ध श्रेष्ठले जानकारी दिए ।
पोखरा कर्मथलो बनाई आकाशमा हावामा कावा खाने स्वदेशी तथा विदेशी प्याराग्लाइडिङ पाइलटहरुको सहयोगमा कर्मफ्लाईटस् फाउन्डेशनले “हामी उड्ने ठाउँका बालवालिकालाई सहयोग गरौँ” भन्ने नीति अनुरुप बन्दिपुरको शिक्षा, स्वास्थ्य तथा प्रत्यक्ष वा परोक्ष रुपमा यहाँको पर्यटन प्रवर्दनमा टेवा पु¥याउदै आइरहेको संस्थाको स्वास्थ्य संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।
वडा नं २ का वडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा घर निर्माण गर्न अहोराग खट्ने निर्माण टोलीलाई सम्मान गरिएको थियो ।

हस्तारणतरणको क्रममा घरधनीहरुलाई चावी हस्तान्तरण गदै कार्यक्रमका प्रमुख अतिथी एंव बन्दिपुर गाउँपालिकाका अध्यक्ष श्री पूर्णसिंह थापाले थारुबासमा रहेको ऐतिहासिक चौतारा र सम्पदाका संरक्षण खातिर अव्यवस्थित रुपमा बसेका सुकुम्बासी बस्तीलाई सुरक्षित ठाउँमा लालपूर्जा सहितको जग्गा उपलब्ध गराई संस्थाको सहयोगमा सुरक्षित घर बनाईदिएको बताउँदै आगामी दिनमा बन्दिपुरलाई गतिलो पर्यटकिय हब बनाउन पालिकाले पब्लिक प्राइभेट पार्टनशीप मोडेलमा बन्दिपुर केवलकार, मिनी ग्रेटवाल लगायतका पूर्वाधार विकास गर्नुका साथै बन्दिपुरलाई साहासिक खेल प्याराग्लाइडिङको बैकल्पिक थलो बनाउन पनि पालिकाले पहल थालेको कुरा बताए ।

