पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

-


     मर्दी न्युज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गङ्गा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारतको हरिद्वारमा गङ्गा स्नान गरेर स्वदेश फर्किएपछि कोरोना सङ्क्रमण परीक्षण गराएका उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरूको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।