थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्स्वस्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।



Tags: