पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०७८ मा प्रकाशित


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१३६ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: