आजदेखि पूर्व निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

-


     मर्दी न्युज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित


सरकारले कोरोनाको जोखिम बढेपछि भौतिक उपस्थितिमा हुने पूर्व निर्धारिक सबै परीक्षाहरू तत्कालका लागि स्थगित गरेको छ ।

आइबार बसेको कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले देशभरका शिक्षालयमा भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न पनि निर्देशन दिएको छ ।

त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका तत्काल बन्द गर्ने सरकारको तयारी छ ।

यसबारेमा सीसीएमसीले तयारी गरिरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि नै सीमा नाकामा हेल्थ डेस्क राख्ने भने पनि त्यो प्रभावकारी हुन सकेको छैन ।