
पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
बुधवार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना छन् ।
हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

