स्वास्थ्य मन्त्रालयले भन्यो– २२ जिल्लाका अस्पतालमा अब बेड छैन

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो गरी फैलिरहेको जानकारी दिएका हुन् ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न श्यया उपलब्ध गराउन नसकिने अवस्था आइसकेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालनामा सबै पक्षलाई आग्रह गरेको छ ।