नेपाल र भारत सीमास्थित २२ नाका बन्द गरिने

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित


काठमाडौँ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले १३ वटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा रहेको ३५ ओटा नाकामध्ये  १३ ओटा मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

यस्तै बैठकले उपत्यकासहित देशका ठूला सहर एक चौथाई मात्र खुलाउन पनि सिफारिस गरेको छ ।