
लुम्बिनी । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शङ्कर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।
आइतबार बिहान बुटवलस्थित न्यु इरा होटेलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
आजै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
पोखरेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । जनता समाजवादी पार्टी (जसपा)का चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभा ८१ सदस्यीय छ । सरकार बनाउनका लागि आवश्यक संख्या ४१ हो जसमा ४१ एमाले एक्लैको छ ।

