गण्डकी प्रदेशमा कोरोना भयावह, एकैदिन १३९६ संक्रमित

-


     मर्दी न्युज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा एकैदिन १३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८५६ सहित प्रदेशका १० जिल्लामा गरेर शुक्रबार १३ सय ९६ संक्रमित थपिएका हुन् ।

योसँगै गण्डकी प्रदेशका अन्य जिल्लासहित अहिलेसम्म २२ हजार २ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार पर्वतका २, कास्की, म्याग्दी, तनहुँ, दाङ र रुपन्देहीका १/१ संक्रमितको मृत्यु पुष्टि गरेको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ ।