
पोखरा । पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ ।
बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो । केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छ । अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने भएको छ ।
थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाइएको हो ।

