गण्डकीमा कोरोना संक्रमणबाट २०को मृत्यु, ६५३ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ १० गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय का अनुसार सोमवार स्याङ्जाका ६, बागलुङ र पर्वतका ४/४, तनहुँ र रुपन्देहीका २/२, कास्की र मुस्ताङका १/१ जनाको मृत्यु भएको हो । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ५१ पुगेको छ ।

त्यस्तै आज प्रदेशमा ७ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । योसहित कुल संक्रमित संख्या ३५ हजार ३२६ पुगेको छ । कुल संक्रमितमध्ये २४ हजार ४२० जना निको भएका छन् । सोमबार ६ सय ५३ जना कोरोनामुक्त भएको निर्देशनालयको तथ्यांक छ ।

गण्डकी प्रदेशमा १० हजार ३५५ सक्रिय संक्रमित रहेकोमा ९ हजार ६०७ जना होम आइसोलेसनमा रहेको छ भने बाँकी संक्रमित विभिन्न जिल्लाका अस्पताल, निजी अस्पताल र होटल आइसोलेसनमा छन् ।