एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय

-


     मर्दी न्युज    
     जेठ १८ गते २०७८ मा प्रकाशित


काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । 

विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दियो । 

राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसइईको परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो सोही प्रस्तावका आधारमा शिक्षामन्त्रीले मन्त्रिपरिषद् मा प्रस्ताव पेस गरेका थिए ।

यो वर्ष जेठ १३ गतेदेखि एसइई तोकिएको थियो । देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।