सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल समूहको निर्णय

-


     मर्दी न्युज    
     जेठ २४ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका माधवकुमार नेपाल समूहले संसद् पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालतमा दायर रिटका लागि गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।

हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत भएको निष्कर्ष निकालेको समूहले संसद् विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने जनाएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि धारणा बनाउन नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको सोमबार भर्चुअल बैठक बसेको थियो ।

६ बुँदे प्रस्ताव प्रस्ट नभएको र हस्ताक्षर फिर्ता लिनुपर्ने बुँदा गलत मनसायबाट आएको निष्कर्ष नेपाल समूहको बैठकले निकालेको छ ।