पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, ६५७० जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ २५ गते २०७८ मा प्रकाशित


पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।