थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ २६ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३४४९ र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सक्रिय संक्रमित ८० हजार ३३६ रहेका छन् ।