
पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

