एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित


पोखरा, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ४ १हजार ५६५ रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।



Tags: