
सन थापा ।
जापान, १५ साउन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित भएका छन् ।
पौडेलले ३ हजार ३८ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्दी अनिता गुरुङ लामाले १ हजार ८ सय ६९ मत पाईन् । सन् २०२१-२०२३ का लागि जूलाई २५ देखि २७ सम्म ओसाकामा १० औं अधिवेशनका सम्पन्न भएको थियो भने मतदान शुक्रबार सम्पन्न भएको थियो । अध्यक्ष पदमा सुरुमा सातजनाले दाबी गरे तापनि दुई जनाले पछि फिर्ता लिएका थिए ।
अध्यक्षका दाबेदार नरेन्द्रकुमार बस्नेत(दिनेश)ले १ हजार २ सय ४५ मत, किरण बर्मा, १ हजार २ सय २८ मत र सरोज खत्रीले १ सय ९१ मत पाए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे ३ हजार ९ सय ९३ मत सहित विजयी भए भने छत्र दाहालले ३ हजार २ सय एक मत प्राप्त गरे ।
चार जना उपाध्यक्ष पदमा राम थापा अनिल, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ,महेशकुमार कटवाल निर्वाचित भए । उनीहरूले क्रमशः २ हजार ७ सय ८०, २ हजार ६ सय ५९,२ हजार ७ सय ४९ र २ हजार १२ मत प्राप्त गरे । उपाध्यक्षमा जीवनकुमार गुरुङ, विष्णुप्रसाद घिमिरे,जनकबिक्रम शाही,बालकृष्ण कँडेल, टीकाराम कँडेल,विकास बस्नेत र बुद्धिराज घिमिरे गरी ११ जना चुनावी मैदानमा उत्रिएका थिए ।
त्यस्तै महिला उपाध्यक्षमा संगीता अधिकारी सुबेदी ३ हजार ८ सय २२ मत प्राप्त विजयी भईन् । प्रतिद्वन्दी कालिका थापाले ३ हजार ४ सय एक मत प्राप्त गरिन् ।
महासचिवमा सिद्धार्थ श्रेष्ठ ३ हजार ७ सय २२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी टीकाराम खरेल ३ हजार ४ सय ८४ मत प्राप्त गरे । कोषाध्यक्षमा १ हजार मतान्तरले कृष्ण गैरे शर्मा निर्वाचित भए । निकटतम् प्रतिद्वन्दी सचिन श्रेष्ठले २ हजार १ सय ५३ मत र कृष्णप्रसाद खनालले १ हजार ९ सय १५ मत मत प्राप्त गरे । त्यस्तै युवा संयोजकमा राकेश लामा ४ हजार ६ सय ५२ मत प्राप्त गरी विजयी भए उनका प्रतिस्पर्धी राजेश खनालले २ हजार १ सय ९७ मत पाए ।
त्यसैगरी सात जना सदस्यमा प्रकाश लामिछाने, राजु भण्डारी सुनिल,भीमसेन राय(भीम रायमाझी), चन्द्रकुमारीकेसी, मोहनसिङ मडै, लक्ष्मी केसी महर्जन,दिलीप कँडेल निर्वाचित भएका छन् । महिला सदस्यमा हेमा पाण्डेको मात्र उम्मेदवारी परेको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषदमा सदस्यमा श्रवणकुमार सत्याल,सुपेन्द्र घिसिङ,दीपक कार्की,लक्ष्मण बानियाँ, नरबहादुर थापा,रोबिनप्रसाद शेरचन, निर्वाचित भए ।निर्वाचन समितिका अनुसार एनआरएनए जापानमा ९ हजार ३ सय ९४ जना मतदाता रहेकोमा ७ हजार ७ सय ५७ अर्थात् ८७ प्रतिशत मत खसेको थियो ।
