
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिमा थोक कर्जा कारोबार गर्ने र खुद्रा कारोबार गर्ने लघुवित्त एक आपसमा मर्ज भएमा खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा स्वीकृत दिने लगायतका व्यवस्था गरिएको छ ।