
रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार रसुवाबाट १२ जना, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १७८ जनाको शव फेला परेको हो ।
यस्तै गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।
यसैगरी रसुवा, नुवाकोट र धादिङबाट एक हजार ५४५ जनालाई घाइते तथा अन्य अवस्थाबाट उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका तीन जना छन्। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम जारी रहेको प्रहरीले जनाएको छ।
२८ जना प्रहरी कर्मचारीहरु पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।


