महङ्गिए च्याङ्ग्रा, भेडा तथा बाख्राहरु

-


     मर्दी न्युज    
     असाेज २३ गते २०७८ मा प्रकाशित


पोखरा । च्याङ्ग्रा भन्ने बित्तिकै पोखरेलीको मनमा रहने एक पुरानो सम्बन्ध जो दशै सँगै जोडिएको हुन्छ । मुस्ताङबाट यात्रा गरेका च्याङ्ग्रा, भेडा तथा बाख्राका बथानहरु घटस्थापनाको दिनमै कास्की छिरी हाल पोखराको याम्दी, हेम्जा तथा फेदीमा आईपुगेका छन् ।

अघिल्लो दशैमा २८ देखि ३० हजार सम्म हालेर किनिएका च्याङ्ग्राहरु यस बर्ष भने ४२ हजार सम्म पर्न गएकोले धेरै जसो क्रेताहरु बजार भाउ मात्र बुझेर फर्किएका भेटिन्थे । च्याङ्ग्रा किनेको स्थान देखि पोखरा सम्म आईपुग्दा ११ दिन लाग्ने, विभिन्न स्थानमा रहेका पुल, स्थानिय निकाय, क्लब, वन तथा भेटेनरीहरुमा विभिन्न किसिमका करहरु मनपरी रुपमा अघिल्ला वर्षमा भन्दा बढि लिईएको यस वर्ष मुल्यमा भारी बृद्धि भएको बिक्रेताहरुको गुनासो रहेको थियो ।

हिमाली क्षेत्रको जडीबुटी खाने हुनाले पनि च्याङ्ग्रा प्रति पोखरेलीहरुको आकर्षण बढ्दो छ र कतिपयले महङ्गै भएपनि परम्परा धान्दै छुट्टै स्वादका लागि किनेर डोर्याउँदै थिए । यतिखेर पोखराको याम्दीदेखि हेम्जा, फेदी अन्तर्गत मध्यपहाडी राजमार्गको सडक छेउछाउ एक किसिमको मेला नै लागेको छ । च्याङ्ग्रा तथा भेडाको बथान, किन्ने ग्राहक, किनेर डोर्याउँदे र सवारी साधनमा राखेर हिँड्ने ग्राहकका कारण एकप्रकारको मेला नै देखिएको छ ।

फोटोहरुः मनशान्त घिमिरे र गंगा घले