सामलिङ पावर कम्पनीको आइपिओ खुल्यो

-


     मर्दी न्युज    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


काठमाडौँ । सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा सात करोड ३० लाख रुपैयाँ मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो।

निष्कासन गरिएको साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ।

बाँकी रहने छ लाख ७८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी कात्तिक ८ गतेसम्म आवेदन दिन पाउने भएका छन्।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्कासन खुला हुने विवरण पत्रमा उल्लेख छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्।

साथै, अनलाइनमार्फत् ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडले जनाएको छ।