
काठमाडौँ । आज नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रतितोला सुनको मूल्य घटेको जनाएको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।