
पोखरा । मंगलम हस्पिटालिटी प्रा.लि द्धारा सञ्चालित क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्गक्युट पोखरा चिप्लेढुङ्गा ट्रेड मलको पाचौं तलामा संचालनमा ल्याएको छ ।
दुई करोड रूपैयाको लागत रहेको उक्त रेष्ट्रो चुलो विशेष प्रकारका नेपाली खानाका परिकारहरू ग्राहकहरूले स्वाद लिन पाउने छन् ।
नेपाली खानाका परिकारहरूका साथै नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्य रहेको उक्त रेष्ट्रो चुलोका परियोजना सल्लाहाकार अरूण मानन्धरले जानकारी गराउनु भयो ।
नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्ने, अवको दुई वर्ष भित्र देशका मुख्य शहरहरू काठमाण्डौं, चितवन र वुटवलमा शाखा विस्तार गरी पर्यटन क्षेत्रमा नयां संभावनाहरूको खोजी गर्ने भिजन रहेको सो क्लासिक चुलोका संचालक अध्यक्ष खेम प्रसाद तिमिल्सिनाले मिडिया माझ जानकारी भयो ।
उक्त रेष्ट्रो चुलोमा स्वादका पारखीहरू, परिवार र साथीभाईहरू, ब्यापारिक घराना, गोष्ठी तथा सेमिनारहरू, वैवाहिक कार्यक्रम, बर्थ डे ग्रुप, विविध पेशागत व्यक्तिहरू र होम डेलिवरि र टेक वे गर्ने लक्ष्य रहेको छ ।
सुन्दर हरियाली, सुविधा सम्पन्न ब्याङ्गक्युट १५० जना, कक्टेल डिनर क्षमता ५०० जना, भित्रबाहिर सिट क्षमता २०० जना, आउटडोर कन्फ्रेस हल क्षमता ३० जना, मिटिङ्ग रूम क्षमता १५ जना, लाउन्ज क्षमता ४० जना, प्रत्यक्ष्य सांगितिक कार्यक्रम आदी ग्राहकहरूले मजाले आनन्द लिन सक्ने छ ।
साथै प्रत्यक्ष प्रसारण (खेलकुद ), पुल टेबल, विभिन्न फलेवरमा कक्टेल र हुक्का,फ्रेस अग्र्यानिक कफि, ब्रेकफाष्टर लन्च तथा डिनर, लाईभ किचन तथा बार बि क्यू, उच्च गतिको क्षमतायुक्त ईन्टरनेट आदी उपलब्ध छन भने विहान ८ बजे देखि बेलुकी १० बजे सम्म खुल्ला रहने छ ।