
पोखरा । तमुहरुको तीन प्रमुख तीन खेगीमध्ये एक वोन लमको नयाँ कार्यसमिति चयन भएको छ । चोकबहादुर लेम तमु (लमजुङ)को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
तमु प्ये ल्हु संघ केन्द्रीय वोन लम समितिको प्रथम उपाध्यक्ष सन्तबहादुर लम तमु (गोरखा) र द्वितीय उपाध्यक्षमा भुवन पैंजो तमु (सङ्खुवासभा) नियुक्त भएका छन् । महासचिवमा विनय गुरुङ (गोरखा), सचिवमा सुकबहादुर तमु (गोरखा) र कोषाध्यक्षमा देशकुमार लम तमु (लमजुङ) छन् ।
यस्तै सदस्यमा रुपप्रसाद लम तमु (लमजुङ), चण्डीप्रसाद लम तमु (लमजुङ), मन म्हकी तमु (तेह्रथुम), सुनार तमु (तनहुँ), अम्बिर तमु (गोरखा), अजय तमु (गोरखा), मोतिराम तमु (गोरखा), लालप्रसाद लम तमु (कास्की) सुकबहादुर तमु (तनहुँ), पूर्णबहादुर लम तमु (गोरखा), माइला तमु (गोरखा) र सन्तबहादुर तमु (गोरखा धार्चे) नियुक्त भएका छन् ।
यस्तै वोन लम प्रथम महाधिवेशनले निवर्तमान अध्यक्ष गंगाबहादुर लम तमुको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सदस्यमा कृष्णबहादुर लम तमु र कन्यबहादुर लम तमु रहेका छन् ।
नयाँ कार्यसमिति चयन भएपछि शुक्रवारै नवनियुक्त पदाधिकारीहरुलाई अधिवक्ता कर्णबहादुर तमुले शपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पश्चात तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, केन्द्रीय आमा समितिका अध्यक्ष पुष्पा तेल्मे तमु, संघका गण्डकी प्रदेश अध्यक्ष उमबहादुर प्हच्यु तमुलगायतले बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
तमु प्ये ल्हु संघ वोन लमको पहिलो महाधिवेशनले ७ बँुदे घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा वोन लमको पहिचान गरी यसको संरक्षण र प्रबद्र्धन गर्न प्रोत्सान गर्ने, निकट भविष्यमा वोन लम चेला प्रशिक्षणको लागि कदम चाल्ने, अन्य धर्मको हस्तक्षेप स्वीकार नगर्ने र त्यसको प्रतिवाद गर्ने, मौलिक, पौराणिक धर्म संस्कार संस्कृति विश्वभर फैलाउन, ल्होसारलाई राष्ट्रिय पर्व बनाउन माग गर्ने, वोन संस्कृतिलाई जनमानसमा पु¥याउन भरमग्दुर प्रयास गर्ने र संघको सिद्धान्त, मूल्य, मान्यता र कानुन बमोजिम पारस्परिक सद्भाव कायम राख्न कटिबद्ध रहने कुरा उल्लेख छ ।
तमु प्ये ल्हु संघले २०७४ सालमा राष्ट्रिय रुपमा वोन लमहरुको भेला गरी गंगाबहादुर लम तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ केन्द्रीय वोन लम समिति गठन गरेका थिए ।
