माघ १० गतेबाट खाडी र मलेसियामा भिजिट भिसा भ्रमण जान रोक

-


     मर्दी न्युज    
     ८ माघ २०७८ मा प्रकाशित


काठमाडौँ । खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको छ ।

गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो ।

अर्को आदेश जारी नहुन्जेलसम्मको लागि माग १० गते देखि लागू हुने गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।