पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ १८ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ८ हजार २६७ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय सङ्क्रमित भएको मन्त्रालयले जनाएका छन् ।