
जापान । जापानमा आइतबार ७ हजार ४ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३९ लाख २६ हजार ९ सय ८४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै १ सय ३७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २० हजार ३ सय ८७ जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार ३ सय ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ६८ हजार ६ सय २१ जनाको उपचार भइरहेको छ ।
२९ लाख १९ सय ९ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १३ हजार ७४, ओसाकामा १२ हजार ५ सय ७४, खानागावामा ७ हजार ९ सय ४१, आइचीमा ५ हजार ४ सय ६६, साईतामामा ४ हजार ४ सय ६७, ह्योगोमा ४ हजार ६ सय ३९, चिबामा ४ हजार १ सय ७३, फुकुओकामा ४ हजार १ सय १२, होक्काईदोमा २ हजार ६ सय ९२, क्योतोमा १ हजार ६ सय ८७, सिजुओकामा १ हजार ४ सय ५० र ईबाराकीमा १ हजार १ सय ८० जना संक्रमित थपिए ।

