जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

-


     मर्दी न्युज    
     फागुन १ गते २०७८ मा प्रकाशित


काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोला प्रथाबाट सेयर पाएका छन् ।

सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो ।

०.५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई र ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि पाउने छन् ।

आइपीओमा मागभन्दा ६७.८६ गुणा बढी आवेदन परेको थियो ।

लघुवित्तको आइपीओ माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको थियो ।

सेयर परेको वा नपरेको मेरो सेयर, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङबाट हेर्न सकिन्छ ।