भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन

-


     मर्दी न्युज    
     फागुन ४ गते २०७८ मा प्रकाशित


पोखरा । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मुम्बइको एक अस्पताल उपचारको क्रममा ६९ वर्षीय लहरीको आज बिहान निधन भएको हो । मंगलबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘बप्पी दा’ को नामलेसमेत परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो । बप्पीका पितासमेत प्रसिद्ध बंगाली गायक हुन् ।