जापानमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, झण्डै ४२ लाख संक्रमणमुक्त

-


     सन थापा     
     फागुन १६ गते २०७८ मा प्रकाशित


जापान ।जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ५० लाख १३ हजार ७ सय ८७ जना पुगेको छ । सोमबार ५१ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी ४१ लाख ९० हजार ७ सय ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । २०२१ डिसेम्बर ३१ सम्म १७ लाख ३३ हजार संक्रमित भएकोमा जनवरी ३१ सम्म यो संख्या बढेर २७ लाख ५० हजार पुगेको थियो । फेब्रुवरी २८ सम्म थप २२ लाख ५० हजार बढी संक्रमित भए ।

त्यस्तै १ सय ९८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २३ हजार ६ सय ८३ जना पुगेको छ ।

संक्रमितमध्ये १ हजार ४ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख १६ हजार ६ जनाको उपचार भइरहेको छ ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्त मध्ये ११ प्रान्त १ हजार भन्दा बढी थपिए भने तोत्तोरी र सिमाने बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ९ हजार ६ सय ३२, खानागावामा ६ हजार ४ सय चार, ओसाकामा ४ हजार ६ सय ३१, साईतामामा ४ हजार २ सय १३, आइचीमा ३ हजार २ सय ५५, चिबामा ३ हजार २ सय पाँच, फुकुओकामा २ हजार ४ सय १९, ह्योगोमा २ हजार ४८, होक्काईदोमा १ हजार ६ सय पाँच, ईबाराकीमा १ हजार ४ सय ७६ र क्योतोमा १ हजार ९४ जना संक्रमित थपिए ।