जापानमा ७० हजार बढी कोरोना संक्रमित थपिए, २५५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७८ मा प्रकाशित


जापान । जापानमा बिहीबार ७३ हजार ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ५२ लाख २२ हजार १ सय ३९ जना पुगेको छ ।


त्यस्तै २ सय ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ४ सय १४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । संक्रमितमध्ये १ हजार ४ सय १८ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ७५ हजार ३ सय १५ जनाको उपचार भइरहेको छ । त्यसैगरी ४४ लाख २० हजार ४ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १३ प्रान्त हजार भन्दा बढी थपिए भने सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा १२ हजार २ सय ५१, ओसाकामा ७ हजार ७ सय ४९, खानागावामा ७ हजार १ सय ९२, आइचीमा ४ हजार ८ सय आठ, साईतामामा ४ हजार ४ सय ७१, चिबामा ४ हजार चार, ह्योगोमा ३ हजार ४ सय ८३, फुकुओकामा ३ हजार ३५, होक्काईदोमा २ हजार ३ सय पाँच, क्योतोमा १ हजार ६ सय, सिजुओकामा १ हजार ५ सय ८९, ईबाराकीमा १ हजार ५ सय १९ र १ हजार २ सय ७९ जना संक्रमित थपिए ।

मंगलबार ९८ हजार २ सय ३१ जनाको पिसीआर परीक्षण गरिएको थियो ।