जापानमा झण्डै ५४ हजार कोरोना संक्रमित, १३२ जनाको मृत्यु

-


     सन थापा     
     फागुन २२ गते २०७८ मा प्रकाशित


जापान । जापानमा आईतबार ५३ हजार ९ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ५४ लाख ३ हजार ३ सय ९३ जना पुगेको छ ।

त्यस्तै १ सय ३२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ९ सय ६४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये १ हजार ३ सय ६२ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ४२ हजार ७ सय ६१ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी ४६ लाख ५३ हजार ९ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू


४७ प्रान्तमध्ये १२ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ९ हजार २ सय ८२, ओसाकामा ५ हजार ४ सय ३२, खानागावामा ५ हजार ३ सय ९३, साईतामामा ४ हजार १ सय ७४, आइचीमा ३ हजार ५३, चिबामा ३ हजार १ सय ८१, ह्योगोमा ३ हजार १ सय ३४, फुकुओकामा २ हजार ३ सय ९१, होक्काईदोमा १ हजार ८ सय चार, क्योतोमा १ हजार ३ सय आठ, ईबाराकीमा १ हजार ४ सय ८५ र सिजुओकामा १ हजार ८७ जना संक्रमित थपिए ।