नाट्टा गण्डकीको टोलि पर्यटन प्रबर्द्धनको लागि नेपालगन्ज प्रस्थान

-


     मर्दी न्युज    
     फागुन २५ गते २०७८ मा प्रकाशित


पोखरा । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) बाँके जिल्ला, नेपालगन्जको निमन्त्रणामा नाट्टा गण्डकी प्रदेश, पोखराको ब्यबसायीहरुको टोली आज नेपालगन्ज तर्फ प्रस्थान गरेको छ।

टोलीमा विभिन्न ट्राभल कम्पनी संचालकहरु,नाट्टा गण्डकी प्रदेशका कार्यसमिति सदस्यहरु, विभिन्न पर्यटन सम्बद्घ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरु रहेका छन् ।

नेपालगन्जको सुर्खेत रोड स्थित होटल सिद्दार्थ भ्युमा यही फागुन २६ देखि २८ गतेसम्म संचालनहुने वेष्ट ट्राभल मार्ट तथा गेट बे कर्णाली कार्यक्रममा पोखरा तथा समग्र गण्डकी प्रदेशका पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार र प्रबर्द्धन गरिने नाट्टाका सचिव तथा टिम संयोजक संगीता पौडेलले बताईन्।

पश्चिम नेपाल तथा सिमावर्ती भारतीय शहरहरुमा पोखरा तथा गण्डकी प्रदेशको प्रबर्द्धनगरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि यो ट्राभल मार्ट फलदायी हुने र थप गन्तव्य पहिचानको लागि बर्दिया सम्मको यात्रा तय गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देलले बताउनुभयो।ट्राभल मार्टमा बिटुबी सेल्सको लागि विभिन्न स्टलहरु रहने साथै नाट्टा गण्डकी प्रदेशको छुट्टै स्टल समेत रहने बुझिएको छ।