क्रिप्टोकरेन्सी कारोबार हुने एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रुपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारोबारी एप र वेबसाइट बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई प्राधिकरणले परिपत्र गरेको हो।

नलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट,एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।

क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

यसअघि नेपाल राष्ट्र बैंकले नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको भन्दै सचेत रहन अनुरोध गरेको थियो।