जापानले रूसलाई विलासिताको सामान निर्यातमा प्रतिबन्ध लगाउने

-


     सन थापा     
     चैत्र १५ गते २०७८ मा प्रकाशित


जापानले रूसलाई बिलासिताको सामान निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मानिने धनाढ्य व्यापारी, व्यवसायीहरूलाई दबाब दिन प्रतिबन्ध लगाउने भएको हो ।

प्रतिबन्ध लगाउने १९ ओटा सामानहरूमा जापानी येन ६० लाख (झण्डै ४८ हजार डलर) भन्दा बढी मूल्यका कार, छ लाख येन (झण्डै ४ हजार ८ सय डलर) मूल्यका मोटरसाईकल, २ लाख येन (झण्डै १ हजार ६ सय डलर) मूल्यका पियानो, ४० हजार येन (झण्डै ३सय डलर) मूल्यका ह्वीस्की र घडीहरू छन् ।

यो प्रतिबन्ध अप्रील ५ बाट लागू हुने सञ्चार संस्था एनएचकेको समाचारमा उल्लेख छ । यसअघि जापानले सैन्य सामाग्रीमा र सामान्य प्रयोग हुने सेमी कण्डक्टर चिप्सहरू साथै मानवीय उद्धेश्यमा प्रयोग हुने करीब ३ सय वस्तुहरू निर्यातमा प्रतिबन्ध लगाइ सकेको छ ।

जापानका व्यापार मन्त्री हागिउदा कोईचीले मंगलबार सञ्चारकर्मी हरूलाई युक्रेनको अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको सहयोगमा थप प्रतिबन्ध लगाउने जानकारी दिए ।

फोटोः द जापान टाईम्स