
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थमन्त्री शर्माले भने, ‘हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठुलो सङ्कट आएको छैन ।’
अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले व्यवसायी र जनतालाई हतोत्साहित बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
अर्थतन्त्रलाई नियमित बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ ।
मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।