यस्तो छ आजको मौसम

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित


पोखरा, २३ वैशाख । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।