
तनहुँ । तनहुँ व्यास नगरपालिका वडा नम्बर ८ स्थित गाविस भवनमा भएको मतदान केन्द्रमा मतदान प्रक्रियाको विषयमा नेकपा एमाले र नेपाली काँग्रेस बीच विवाद भई केही समय रोकिएको मतदान प्रक्रिया एक्तर्फी सुरु भएको छ ।
नेकपा एमालेका वडा अध्यक्षको उम्मेदवार विजय दवाडीसहित एजेण्टहरु मतदान स्थल छाडेर गएपछि जिल्ला निर्वाचन आयोगको निर्देशनमा एकतर्फी मतदान सुरु भएको हो ।
उक्त मतदान केन्द्रमा एकै व्यक्तिले ६/७ पटक र ३/४ जनाको सहयोगी भै मतदान गरेकोले सो कार्य रोक्न बारम्बार अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएकोले मतदान केन्द्र छाडेको बताइएको छ ।

एमालेका उम्म्दवारहरु ज्यानको सुरक्षा नभएकोले पनि आफुहरु जिल्ला नै छाडेको एमालेका एक कार्यकर्ताले बताए ।

