सिरानचोकमा कर्मफ्लाइट्सको प्लानेटरी बृहत निःशुल्क स्वास्थ्य शिविर तथा वातावरणीय अनुसन्धान

-


     मर्दी न्युज    
     जेठ २ गते २०७९ मा प्रकाशित


गोरखा । स्वास्थ्य शिविर तथा वातावरणीय अनुसन्धान अन्तराष्ट्रिय महिला दिवसको सेरोफेरो तथा २०७२ सालको बिनासकारी महाभुकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा कर्मफ्लाइट्स फाउण्डेशन नेपाल पोखरा, कास्कीले गोरखाको सिरानचोक गाउँपालिका बृहत निःशुल्क प्लानेटरी स्वास्थय शिविर सम्पन्न गरेको छ ।

गत फाल्गुण २१ गतेका दिन पालिकाको वडा नं. ५ छोप्राकको जनकल्याण प्रा.वि. र शहिद भिमशेन स्मृति भवनको प्राङ्गणमा आयोजित स्वास्थ्य शिविर तथा गाउँपालिकाको एकिृकत घुम्ती शिविरमा पोखराका वरिष्ठ विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकाका स्वास्थ्यकर्मीको समेत सहकार्यमा करिब ५०० जना सेवाग्राही विरामीहरुलाई विविधिकृत एवम् विशिष्टिकरण निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा रोगको सामान्य निदानसहित आवश्यकिय औषधि पूर्ण डोजमा निःशुल्क प्रदान गरिएको शिविर संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिए । गोरखाको पश्चिमोत्तर दरौदी र चेपे नदीको विचमा फैलिएर रहेको सिरानचोक गाउँपालिका अन्तर्गतका पचासौं गाउँहरुबाट स्वास्थ्य समस्या भएका अधिकांश महिला तथा ज्येष्ठ नागरिकहरु शिविरमा आई हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, महिला तथा प्रशुतिरोग विशेषज्ञ सेवा, सामान्य निकित्सा, छाला रोग विशेषज्ञ, डेन्टल हाइजिनिष्ट लगायत ल्याब र ब्लडसुगर तथा पिसाब परिक्षण साथ साथ निःशुल्क फार्मेसीको सेवा लिएर दङ थिए ।

शिविरमा ९० जनाको भिडियो एक्सरे गरिएकोमा ३ जना गर्भवती जाँच र ७० जना महिला र प्रशुति समस्या लिएर आएका थिए । जम्मा विरामी मध्ये २५० जनाले हाडजोर्नी, कम्मर दुख्ने तथा नशा रोग सम्बन्धि, २०५ जना मानिसहरु जेनेरल फिजिसियल (छाती तथा पेट, नाक, कान घाँटी, छाला रोग) को समस्या लिएर आएका थिए । ६२ जनाको दन्त परिक्षण गरिएकोमा ६ जनाले दाँत उखिल्ने सेवा साथै परिक्षणा गरिएकालाई निःशुल्क दाँत माझ्ने ब्रस र दन्त मञ्जन डेन्टल हाइजिन कक्षा सहित प्रदान गरिएको थियो ।

​सिरानचोक गाउँपालिकाको व्यवस्थापकिय बन्दोबस्ती तथा आतिथ्यतामा सञ्चालित यस प्रकारको शिविर बृहत र धेरै सेवा सुविधा सहित व्यवस्थित रुपमा सञ्चालन भएमामा यस सहकार्यलाई ऐतिहासिक दिन भएको बताउँदै गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आगामी दिनमा संस्थासंगको सहकार्यमा अव्यवस्थित रुपमा शिविर सञ्चालन गरी जनताको घरदैलोमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने प्रतिबद्धता जनाएको थियो । स्वास्थ्य शिविर पश्चात प्राप्त तथ्याङ्कको विश्लेषण गरी भविष्यमा गर्न सकिने सुधारको बारेमा थप अध्ययन गर्न अमेरिकाको ड्युक पनि भर्सिटी अफ इन्भारोमेन्टका वातावरण विज्ञ र विद्यार्थीहरुबाट गाउँपालिकाको समन्वय तथा कर्मफ्लाइट संस्थाको संयोजनमा गाउँपालिकाभरि अनुभव गरिएका जलवायु परिवर्तनको प्रभाव, त्यसले ल्याएको वातावरणीय परिवर्तन तथा परिवर्तनबाट मानिसहरुको स्वास्य र जिविकोपार्जनमा परेको असरको अन्तरसम्बन्धको बारेमा वैज्ञानिक तवरले अध्ययन अनुसन्धान गरी प्राप्त परिणामको निष्कर्षको आधारमा सम्बन्धित सरोकारवाला निकायलाई पृष्ठपोषण सहित प्रतिवेदन प्रदान गरिने ड्युक विश्वविद्यालयको वातावरणविद् प्राध्यापक डा. व्रायन माकाडुले जानकारी दिए ।

यसैविच उक्त अनुसन्धानको लागि गत वैशाख ५–१२ सम्म ड्युक विश्वविद्यालयका वातावरणविद शोधकर्ता विद्यार्थी तथा कर्मफ्लाईटस्का प्रतिनिधि संलग्न अनुसन्धान टोलीले गाउँपालिकाको प्रत्यक्ष संयोजन र सहभागितामा प्रारम्भिक अनुसन्धान तथा गत फाल्गुणमा गरिएको स्वास्थ्य शिविरको फलोअप र विरामी भेटघाट काम सम्पन्न गरेको छ । अनुसन्धानको क्रममा गाउँपालिका अन्तर्गतका १ देखि ८ सबै वडाका ३÷३ जना सहभागीहरु जो स्वास्थ्य शिविरमा विरामीको रुपमा सहभागी थिए , उनीहरुसँग घरघरमै गएर वातावरण तथा स्वास्थ्य सम्बन्धि व्यक्तिगत अन्तर्वार्ता गरिएको थियो भने लक्षित समूह छलफल (एफजिडी) अन्तर्गत आठवटै वडाडबाट सबै उमेर, लिङ्ग तथा समावेशी प्रतिनिधित्व हुने गरी थप कुल २४ जनासँग सामुहिक छलफल गरिएको थियो । छलफलमा पहिलो समुहको छलफलमा महिला र पुरुष (२ः१ को अनुपातमा) भाग लिए भने दोस्रो समूहमा महिलाहरु मात्र र तेस्रो लक्षित समूह छलफलमा सिरानचोक गाउँपालिकाका स्वास्थ्य कार्यालयका प्रमुख टुकमान श्रेष्ठको नेतृत्वमा स्वास्थ्य कार्यालय मातहतका सबै स्वास्थ्य संस्थाका इन्चार्जहरुसँग गाउँपालिकामा भएका स्वास्थ्य समस्या, वातावरणीय प्रभाव तथा गत स्वास्थ्य शिविरको समिक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने वास्थ्य शिविरलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउन छलफल गरिएको थियो । छलफलको क्रममा समग्र अनुसन्धान प्रकृयाबाट गाउँपालिकालाई स्वास्थ्य सेवा प्रवाह गर्न थप मार्गदर्शन प्राप्तहुने कुरा गाउँपालिकाका प्रमुख टुकमान श्रेष्ठले बताए । स्वास्थ्य शिविर सञ्चालन तथा अनुसन्धानगर्न विश्वविद्यालयलाई सहकार्य गर्ने मौका दिएकोमा ड््युककी सोधकर्ता आलिया हुन्जाईले धन्यवाद ज्ञापन गरेकी थिइन् ।