पोखरा महानगरमा गठबन्धनका उमेदवारले अग्रता बढाउँदै

-


     मर्दी न्युज    
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् । २० हजार ६६० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ८ हजार ५६३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २७८ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले १२८५ मतले अग्रता हाँसिल गरेका छन्।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ८ हजार ८७६ मतसहित अघि छन् भने एमालेका मञ्जुदेवी गुरुङले ८ हजार २७१ मतसहित उनलाई पछ्याइरहेकी छिन्। रानाभाटले ६०५ मतले अग्रता हाँसिल गरेकी छन्।