बुटवल उपमहानगरको मेयरमा खेलराज विजयी

-


     मर्दी न्युज    
     जेठ ७ गते २०७९ मा प्रकाशित


बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डे फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यस पटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

नेपाली काँग्रेसका बुटवल नगर सभापति समेत रहेका पाण्डेलाई सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि काँग्रेसले पुनरागमन गरेको छ ।