काठमाडौंमा एक लाख २८ हजार ४८५ मत गन्दा कसको कति ?

-


     मर्दी न्युज    
     जेठ ९ गते २०७९ मा प्रकाशित


काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

अहिले वडा नम्बर १२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ । काठमाडौँ महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।