
पोखरा । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ३४ हजार ३५१ मत गणना भएको छ ।
प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ५४ हजार ६७८ मतसहित अग्रता जारी राखेका छन् ।
त्यसै गरी नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४९ हजार ७८६ मत पाएका छन् । गठबन्धनका आचार्यले ४ हजार ८९२ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ९६६ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५२ हजार ९५९ मतसहित उनलाई पछ्याएकी छन् ।

