
पोखरा । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ । अहिलेसम्म १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए ।
हिजो आइतबार बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो ।
यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए ।
अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटना स्थल पुगेर उद्धार एवम् खोजी कार्य गरिरहेको छ ।

