मुद्रा सटही ब्यबसायी संगठनले ल्यायो बित्तिय साक्षरता कार्यक्रम

-


     मर्दी न्युज    
     असार ६ गते २०७९ मा प्रकाशित


पोखरामा कृयाशिल पर्यटन क्षेत्रको अग्रणी संस्था मुद्रा सटही ब्यबसायी संगठन, पोखराले आफ्नो सदस्यहरुलाई परिबर्तिय बिदेशी मुद्रामा बित्तिय साक्षरता एवं लेखा परिक्षण बिषयक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

लेकसाईडको हल्लनचोक स्थित टीका रिसोर्टको सभाहलमा हिजो असार ५ गते अपरान्ह सम्पन्न कार्यक्रमको प्रबर्द्धन नेपाल पर्यटन बोर्डले गरेको थियो भने विशेष सहयोग नेपाल राष्ट्र बैंकको रहेको थियो ।

बित्तीय साक्षरता कार्यक्रमको महत्त्व र आबश्यकता बारेमा संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले प्रकाश पार्नुभएको थियो भने सल्लाहकार बासु त्रीपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र मा मोफसल मा सन्चालन मा रहेका मनि चेन्जरहरु लाई ब्यबसाय सन्चालनमा रहेको समस्या तथा चुनौती हरुलाई बुदागत रुपमा राखिएको थियो । संस्थाका लेखा परिक्षक टिकाराम सापकोटाले लेखा परिक्षण सम्बन्धि तालिम दिनुका साथै सरकारी नीति-नियम र कर सम्बन्धि अपडेट गराएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा विशेष अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड-गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारी, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक रामशरण खरेल रहेका थिए ।

प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल राष्ट्र बैंक, बिदेशी मुद्रा बिनिमय ब्यबस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेलले ब्यबसायीहरुका जायज मागहरु तथा गुनासोहरु सम्बोधन गर्ने आश्वासन दिए ।

मुद्रा सटही ब्यबसायी संगठन, पोखराका अध्यक्ष रुपक राज मिश्रको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव संगिता पौडेलले गरेकी थिईन् । कार्यक्रममा धन्यवाद ज्ञापन सहित आफ्नो मन्तव्य राख्दै अध्यक्ष मिश्रले मनि चेन्जर बिनियमाबली २०७७ ले ब्याबसायिहरु लाई ब्यबसाय संचालन गर्न भन्दा बन्दगर्न उत्प्रेरित गरेको भन्दै गहन छलफल सहित संशोधन गर्न माग गरेका थिए ।

अध्यक्ष मिश्रले नेपाल राष्ट्र बैंक बाट परिवर्त्य बिदेशी मुद्राको बिनिमय गर्न, स्विकार गर्ने ब्यबसाय र अन्य पर्यटन ब्यबसायको नेपाल राष्ट्र बैंक बिच नेपाल सरकार मा दर्ता भएको यो संगठनलाई नेपाल रास्ट्र बैंक ले पनि अन्य संघ सस्था लाई जस्तै गरि स्विकार्दै सम्बन्ध दिन अनुरोध गरेका थिए ।

जसले गर्दा नेपाल राष्ट्र बैंक बाट विभिन्न समयमा जारी हुने परिपत्रहरु सुचनाहरु छिटो छरितो सँग आफ्नो सदस्यहरु बिच पुर्याउन सकिनेमा जोड दिएका थिए ।