कारोबार रकम १ अर्बभन्दा कम, किन एकदिन पनि टिक्न सकेन बजार वृद्धि ?

-


     मर्दी न्युज    
     असार ८ गते २०७९ मा प्रकाशित


काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यो दिन नेप्से परिसूचक ३१ दशमलव २१ अंक घटेर १ हजार ८९३ दशमलव ५३ विन्दुमा बन्द भएको छ । नेप्से मंगलबार करिब ४० अङ्क बढेर १९२४ अङ्कमा कायम भएको थियो ।

बुधबार फेरि ३१.२ अङ्क घटेर नेप्से १८९३ अङ्कमा कायम भएको हो । कारोबार रकम भने १ अर्ब पनि पुगेन । ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भयो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १६, विकास बैङ्क ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा १५५, अन्य ३७ र व्यापार उपसमूह १७ अङ्क घटे । कुल १९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने २ को स्थिर रह्यो ।

म्युचुअल फन्ड ग्लोबल आईएमई समुन्नत स्किम र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नबिल बैङ्क, नेपाल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैङ्क र एनआईसी एसिया बैङ्क क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २६ खर्ब ९९ अर्ब कायम भएको छ ।